११ मंसिर, काठमाडौँ । साताकाे अन्तीम कारेवारकाे दिन बिहिवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७६ दशमलव शून्य तीन बिन्दुमा कायम भएको छ ।
बिहिवार ३३३ कम्पनीको एक करोड ४६ लाख ९३र हजार ८०७ कित्ता शेयर खरिदबिक्री हुँदा रु छ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ दशमलव ४७ को कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन १३१ कम्पनीको मूल्य बढ्दा १२१ को खटेको छ भने छ कम्पनी स्थिर भए भने सागर डिष्ट्रिलरी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहिवारको कारोबारमा हिमस्टार उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी सात दशमलव ७८ प्रतिशतले गुमाएका छन् ।
यस दिन व्यापार समूह शून्य दशमलव १४, वित्त शून्य दशमलव ३८, माइक्रोफाइनान्स शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २६ र अन्य शून्य दशमलव शून्य पाँच प्रतिशतले घटेका छन् ।
साथै बैंकिङ समूह एक दशमलव ४९, होटल तथा पर्यटन शून्य दशमलव ३२, विकास बैङ्क शून्य दशमलव १७, लगानी शून्य दशमलव ८३, जीवन बिमा शून्य दशमलव १४, निर्जीवन बिमा शून्य दशमलव १० र हाइड्रोपावर शून्य दशमलव शून्य एक प्रतिशतले बढेका छन् ।
मा प्रकाशित