
१४ मंसिर, काठमाण्डाै । नेपालबाट ब्रेन ड्रेन हुने क्रम बर्षेनी बढदै गएकाे छ । त्रिभुवन विश्व विद्यालयले अधययनका लागि विदेश गएका अाफ्ना प्राध्यापक तथा सह प्राध्यपकहरूलाइ सवदेश फर्केर सेवा सूचारू गर्न वा सहमती अनुसारकाे रकम जरिवाना तिर्न भनेकाे विषय निष्कर्शमा नपुग्दै नेपालकाे कृर्षि क्षेत्रका वित्ज्ञहरू पनि लामाे समयदेखि पलायन भएकाे घटना बाहिरिएकाे छ । नेपालमा कृर्षिकाे क्षेत्रमा बर्षेनी जनशक्ती कम भैरहेकाे अवस्था छ ।
अध्ययन बिदामा गएका ६ जना कृषि वैज्ञानिकसहितका केही कर्मचारी काममा नफर्केपछि नेपाल कृषि अनुसन्धान परिषद्ले सात दिनभित्र कार्यालयमा उपस्थित हुनको लागि सूचना जारी गरेको छ।
सिंहदरबारस्थित नेपाल कृषि अनुसन्धान परिषद्ले आज जारी गरेको सूचनाअनुसार अध्ययन बिदामा गएर काममा नफर्कने वैज्ञानिकहरूमा राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, मुखलटारका वैज्ञानिक अच्युत मिश्र, कृषि अनुसन्धान निर्देशनालय कोसीका नवीन कुमार दाहाल, राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्र, खुमलटारका वैज्ञानिक होमन रेग्मी, राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वैज्ञानिक सञ्जीव गौतम, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका वैज्ञानिक देवराज चालिसे र राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक दिनेशबाबु थापा मगर रहेका छन्।
उनीहरू गएका सात/आठ वर्षअघि नै अध्ययन बिदामा गएर काममा नफर्केका परिषद्ले जनाएको छ।
त्यसैगरि कृषि अनुसन्धान केन्द्र, पाख्रिबास धनकुटाका सुमन कार्की, राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटारका उज्ज्वल सुवेदी, राष्ट्रिय बाली प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारका अतित पराजुली र राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटारकी अस्मिता श्रेष्ठ पनि अध्ययन बिदामा गएदेखि काममा फर्केका छैनन्।
उनीहरूलाई यतिका वर्षसम्म कार्यालयमा हाजीर हुन नसक्नुको कारण र प्रमाणसहित सात दिनभित्र उपस्थित हुन परिषद्ले आग्रह गरेको छ।
अन्यथा अध्ययन बिदामा जाँदाको मितिदेखि नै लागू हुनेगरि सेवाबाट हटाउने चेताबनी पनि परिषद्ले दिएको छ।
