लुम्बिनी लायन्स बन्याे एनपिएल च्याम्पियन

आर्थिक परिवेश

७ मंसिर,काठमाण्डाै ।    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स च्याम्पियन बनेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। बलर चम्किँदा लुम्बिनीले सहजै जित हासिल गरेको छ।

सुदूरपश्चिम दोस्रो पटक फाइनलमा पराजित भएको छ। गत सिजनमा पनि फाइनलमा जनकपुर बोल्टससँग पराजित हुँदै सुदूरपश्चिम उपाधिबाट चुकेको थियो।
मा प्रकाशित