नेपाली सेयर बजार २६ सय अंक भन्दा तल झर्याे

आर्थिक परिवेश

२८ मंसिर, काठमाडौं ।   साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार २६ सय अंक भन्दा तल झरेको छ ।

अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको हो । बजार करिब दिनभरजसो ओरालोमा रह्यो ।

यस दिन बजारकाे कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आइतवार  ४ अर्बको काराेवार भयो ।

यस दिन ५६ कम्पनीहरुकाे  मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो ।

सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम भएकाेमा  बैंकिङ समूह भने स्थिर रह्यो ।

यस दिन विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार ०.५९ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.७० प्रतिशत मूल्य बढ्यो ।

मा प्रकाशित