पाँच महिनामा वीरगञ्ज भन्सार बाट ९६ अर्ब ३८ करोड रुपैया राजस्व सङ्कलन

आर्थिक परिवेश

 २ पुस,वीरगञ्ज ।   वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा  ९६ अर्ब ३८ करोड रुपैया राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने  १२ अर्ब एक करोड रुपैया अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

जबकी कार्यालयले गत आवको पाँच महिनामा भने  ८४ अर्ब ३७ करोड रुपैया राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताउनुभयो ।

कार्यालयले मङ्सिर महिनामा  २१ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशतअर्थात्  २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ ।

 

प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताउनुभयो ।

साउनमा  १८ अर्ब ४४ करोड, भदौमा  २० अर्ब ७३ करोड, असोज महिनामा  १९ अर्ब नौ करोड रुपैया  राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै कात्तिक महिनामा रु १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा भने  २० अर्ब ८० करोड रुपैया राजस्व सङ्कलन भएको छ ।

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा  दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैया राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

मा प्रकाशित