सुनको मूल्य तोलामा ५५ सयले बढेर दुई लाख ६७ हजार

आर्थिक परिवेश

८ पुस, काठमाण्डाै   ।    नेपाली बजारमा म‌गलवार पनि सुनचाँदीकाे मूल्य वृद्धि भएको छ। दुवै धातुको मूल्य बढेर अहिलेम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य तोलामा ५५ सय बढेर आज दुई लाख ६७ हजार दुईसय पुगेको छ। सुनको यो मूल्य हालसम्मकै महँगो हो।

सोमबार पनि सुन तोलामा तीन हजार चारसय रुपैयाँ बढेर दुई लाख ६१ हजार सातसय रुपैयाँ पुगेको थियो।

गएको शुक्रबार तोलामा दुई हजार र आइतबार तोलामा एकसय रुपैयाँ घटेको सुनको मूल्य दुई दिनमा आठ हजार नौसय रुपैयाँ बढेको हो।

आज चाँदीको मूल्य तोलामा एकसय तोलामा २० रुपैयाँ बढेरको छ।

चाँदीको मूल्य आज तोलाको चार हजार दुईसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढ्दै आएको छ।

मा प्रकाशित