कमला नदीमा पुलनिर्माणको बाँकी काम सुचारु

आर्थिक परिवेश

१२ पुष, काठमाण्डौ ।   ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा पुलनिर्माणको बाँकी काम सुचारु भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हालै निर्माण स्थलको अनुगमन गरी पुल निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिनुभए पछि निर्माणको काम अघि बढेको हो ।

पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न वाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवम् कष्ठकर यात्रा गर्नु पर्ने बाध्यता छ ।


भासिएको जगलाई दह्रो बनाएर स्लाव लिफ्टिङको काम गर्न विज्ञ प्राविधिकहरुले निरीक्षण तथा अध्ययन गरी कार्ययोजना बनाइरहेको छ् ।

पुलको पूर्वतर्फ (सिराहा)को सबस्टक्चर काम सकिएको छ । सिराहातर्फका २ वटा स्लाव हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुइवटा जग राखी जगसहित सब स्ट्रक्चरको काम पनि सकिएको छ ।

हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्कासम्झौता भएको थियो ।

सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१को मंसिरमा सम्पन्न हुनुपर्ने थियो ।

मा प्रकाशित