विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) भाेलीबाट प्रयाेगमा आउने

आर्थिक परिवेश

१५ पुष, काठमाण्डौ ।   सरकारले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System, FNMIS)   संचालनमा ल्याउने  भएको छ ।

विदेशी नागरिकले नेपालमा आएर गर्न सक्ने नेपाल विरोधी गतिविधि तथा उनीहरु नेपाल भ्रमणमा रहेका बेला उनीहरुलाई पर्ने सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी निगरानी गर्न तथा उनीहरुको नेपाल यात्रा अवधीलाई सुरक्षित र भरपर्दो बनाउन त्यसतो प्रणाली संचालन गर्न लागिएको अध्यागन विभागले जनाएको छ ।

आगामी जनवरी १ तारिकदेखि संचालन हुने विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको अध्यागमन विभागको संयोजनमा विभिन्न पर्यटकीय निकायहरु होटल, ट्राभल एजेन्सी,ट्रेकिड.एजेन्सी, विदेशी मुद्रा सटही केन्द्र, आन्तरिक विमान कम्पनी,टुरगाइड एशोसिएसन,पर्वतारोहण संघ लगायतले प्रणालीको माध्यमबाट त्यस्तो विवरणहरु राख्ने छन् ।

प्रणालीको संचालनका लागि विभागले सम्बन्धी निकायहरुलाई तीन चरणमा अभिमुखिकरण,छलफल तथा सहजीकरण गरको अध्यागन विभागले जनाएको छ ।

विदेशी नागरिक नेपाल प्रवेश गर्दा अध्यागनमा दर्ता भए पछि त्यो विवरण प्रणाली सञ्चालन गर्ने निकायहरुमा पुग्ने गरी व्यवस्था गरिएको छ ।

 

मा प्रकाशित