नेपाल र भारतबीच संयुक्त कृषि कार्य समूह बैठक सम्पन्न

आर्थिक परिवेश
१५ पुष, काठमाण्डाै ।   नेपाल र भारतबीच कृषि क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गठित ‘संयुक्त कृषि कार्य समूह’ (Joint Agriculture Working Group – JAWG) को नवौं बैठक काठमाडौँमा  सम्पन्न भएको छ।
यही डिसेम्बर २८ र २९ (२०८२ पुस १३ र १४) मा आयोजित दुई दिने बैठक सन् २०२५ को अप्रिल ९ मा दुई देशबीच हस्ताक्षर भएको ‘कृषि सहयोग सम्बन्धी नयाँ समझदारी पत्र’ अनुसार बसेको याे पहिलो बैठक हो ।
सन् २०२० को जनवरी पछि करिब ५ वर्षको अन्तरालमा यो उच्चस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको हो।
बैठकमा दुवै देशबीचको कृषिक्षेत्रको सहकार्यलाई मूर्तरूप दिन आगामी ३ महिनाभित्र ‘द्विवार्षिक कार्य योजना’ (Biennial Work Plan) तयार गरी कार्यान्वयनमा लैजाने  निर्णय भएको छ।
यसका अतिरिक्त रासायनिक मलको सहज आपूर्तिका बिषयमा लजिस्टिक प्रक्रियामा सुधार गर्ने, कृषि पूर्वाधारको विकासमा सहकार्य गर्ने र खाद्य गुणस्तर तथा क्वारेन्टाइन सम्बन्धी प्राविधिक समस्याहरू समाधान गर्न सम्बन्धित निकायहरू बीच नियमित संवाद गर्ने सहमति समेत भएको छ।
भारत र नेपाल बीच कृषि अनुसन्धान, NARC र ICAR बीच छलफल गरी छुट्टै कार्ययोजना बनाइ काम गर्ने र पशुपन्छी तथा मत्य क्षेत्रको सहकार्यका लागि छुट्टै समझदारी
गरी अगाडि बढ्ने समेत सहमति भएको  कृषि ाद्दत्रालयका सहसिचव एव संयुक्त कृषि कार्य समूहका स‌याेजक हरिबहादुर केसीले जानकारी दिनु भयाे  ।
मा प्रकाशित