
१६ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको बताउनु भएकाे छ।
महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवादमा बोल्दै उहाँले २४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही गर्न माग गर्नु भयाे ।
निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने विधि भएको उल्लेख गर्दै निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको ढकालले बताउनु भयाे ।
देश निर्वाचनमा अगाडि बढेको भन्दै समद्धिका लागि निजी क्षेत्रको संलग्नता भने अझै पनि ओझेलमा रहेको र निर्वाध रूपमा काम गर्ने वातावरण बनेको छैन, गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको बताउनु भयाे ।
निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी आउन नसक्ने भन्दै लगानीबिना रोजगारी र रोजगारी नभए आय बढ्दैन, शिक्षा र स्वास्थ्य शिक्षा सर्वसुलभ बनाउन राजस्व बढ्नु पर्छ ।
राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ ढकालले भन्रु भयाे । डेढ वर्षयता सरकार डेढ खर्ब घाटामा रहेको स्मरण गराउँदै उहाँले बैंकहरुमा ११ खर्ब लगानी तरलतामा बसिरहेको बताउनु भयाे ।
राजस्वको रकमले चालु खर्च पनि नपुग्ने अवस्था आएको भन्दै पूर्वाधारमा लगानी हुन नसकेको ढकालेकाे भनाइ थियाे । सरकारले वर्षको ३ सयदेखि ३५ सय रोजगारी दिने र बाँकी सबै निजी क्षेत्रले दिने समेत अध्यक्ष ढकालले बताउनु भयाे ।
युवा विदेशिन बाध्य रहेको भन्दै यी नै विषयमा झक्झक्याउन यो कार्यक्रम आयोजना गरिएको जानकारी दिएनु भयाे ।
महासंघले शान्ति स्थायित्वमा सामूहिक पहल आवश्यक परेको उहाँको भनाइ छ । ‘हामीले सबै पक्षबाट सामूहिक प्रतिबद्धता चाहेका छौं,’ ढकालले भन्नु भयाे ।
युवा उद्यगशीलता विकास योजना कार्यान्वयन गर्न समेत उहाँले माग गर्नु भयाे । तीन दशकदेखि शासन सत्ता सम्हालेका दललाई युवाका माग समीक्षा गर्न उहाँकाे आग्रह थियाे ।
मा प्रकाशित