२०२५ मा ११ लाख ५८ हजार पर्यटकले नेपाल भ्रमण गरे

आर्थिक परिवेश

१७ पुस, काठमाडौं ।  गत  सन्  २०२५ मा  नेपाल भ्रमणमा  अाउने  पर्यटको  संख्याले नयाँ रेकर्ड बनाउन सकेन् । गत बर्षकाे हाराहारिमा पर्यटकले  नेपालकाे भ्रमणा गरेका छन् ।

सन् २०१९ मा अहिलेसम्मकै धेरै ११ लाख ९७ हजार १ सय ९१ पर्यटकलाई स्वागत गरेको नेपालले  २०२५ मा भने त्यो संख्या नजिक पुगेर पनि कीर्तिमान छुन नसकेको हो ।

नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार २०२५ मा कुल ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

यो २०१९ को तुलनामा ३ प्रतिशत कम हो । २०२४ को तुलनामा भने ३.९ प्रतिशतले आगमन बढेको छ ।

गत वर्ष २०२४ मा ११ लाख ४७ हजार ५ सय ४८ पर्यटकलाई नेपालले स्वागत गरेको थियो । २०१८ मा नेपालमा पर्यटक आगमन वृद्धिदर सबैभन्दा उच्च थियो । त्यसबेला १८ प्रतिशत रहेको वृद्धिदर एसिया प्रशान्त क्षेत्रकै बढी थियो ।

त्यसयता भने वृद्धिदर ह्वात्तै घटेको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनसार गत सेप्टेम्बरको जेन जी आन्दोलन र त्यसलगत्तै दुई प्राकृतिक प्रकोपले पर्यटक आगमनमा असर गरेको छ ।

असोज र कात्तिकमा बेमौसमी वर्षाले देशैभरिको जनजीवन प्रभावित बनेको थियो ।

 

त्यसले दुई छिमेकी देशबाट हुने आगमनमा असर गरेको उहाँले ले बताउनु भयाे  । यी दुई कारण नभएको भए यस वर्ष साढे १२ देखि १३ लाख पर्यटक नेपाल भित्र्याउन सकिने सम्भावना रहेको उउहाँले बताउनु भयाे ।

यद्यपि, आन्दोलन लगत्तै जुरुक्कै उठेको पर्यटन क्षेत्रले आगामी दिनका लागि भने सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको उहाँले बताउनु भयाे ।

‘जस्तोसुकै आन्दोलन भए पनि नेपाल पर्यटनकै लागि बनेको मुलुक हो, यहाँ पर्यटकलाई कुनै जोखिम हुँदैन भन्ने सन्देश तीव्र रिकभरीले दिएको छ,’ उनले भने, ‘यो नेपाली पर्यटनको आगामी दिनका लागि शुभ सन्देश हो ।’

२०२५ डिसेम्बरमा मात्र ९८ हजार १ सय ९० पर्यटक नेपाल आएका छन् । २०२४ डिसेम्बरमा ९२ हजार ३३ आएका थिए ।  २०१९ डिसेम्बरमा भने १ लाख ८ सय ६६ पर्यटकलाई नेपालले स्वागत गरेको थियो ।

मा प्रकाशित