
२० पुष, काठमाण्डौ । सरकारले आगामी निर्वाचन प्रयोजनका लागि १७ अर्ब ५१ करोड बजेट खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरेको छ ।
आगामी निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भनि सम्बन्धीत निकायहरुले माग गरेको आधारमा सरकारले १७ अर्ब ५१ करोड बजेट खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरेको हो ।
अर्थ मन्त्रालयले आगामी निर्वाचनको प्रयोजनका लागि गुह मन्त्रालयलाई १० अर्ब ३९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड बजेटको स्रोत सुनिश्चित गरेको जनाएको छ ।
अर्थमन्त्रालयका प्रवक्ता एवं सहसचिव टंकप्रसाद पाण्डेले अहिलेलाई निर्वाचन आयोग र गृहमन्त्रालयको प्रस्ताव अनुसार खर्च गर्न पाउने गरी बजेटको स्रोत सुनिश्चित भएको र निर्वाचन प्रयोजनका लागि अन्य निकाय वा आवश्यकताको आधारमा थप बजेट निकासा गर्न अर्थ मन्त्रालय प्रतिवद्ध रहेको बताउनु भयो ।
मा प्रकाशित