२१ पुष, काठमाण्डौ । सोमवार नेपाली शेयर बजारको परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ ।
सोमवार विभिन्न ३३५ कम्पनीहरुका एक करोड २४ लाख ६० हजार कित्ता शेयरहरु ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ बराबरको कारोबार भएको छ ।
यस दिन परिसूचक संगै बजारको कारोवार रकममा पनि सुधार भएको छ । सोमवारको कारोबारमा सबै समूहका उपसूचक बढेका छन् ।
यस दिन बजारमा विभिन्न ५ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर दुई दशमलव ४९ प्रतिशतले घटेको छ ।
मा प्रकाशित