औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत

आर्थिक परिवेश

२७ पुस, काठमाडौं ।    चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेर ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ ।

२०८२ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको २.० प्रतिशत, विकास बैङ्कहरूको ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ ।

२०८२ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १४.९ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशत पुगेकाे छ ।

यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा र वित्त बिमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको छ ।

मा प्रकाशित