नेपाली विद्यार्थीहरूले बनाएकाे ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै

आर्थिक परिवेश

२८ पुस, ललितपुर ।    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ ।

उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।

नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिनेछ ।

उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालले मुनाल उपग्रह ‘आईएसआरओ’को ‘एसएलभी–सिक्स टू’ पनि ‘रकेट’ मार्फत ‘राइडसेयर पेलोड’ का रूपमा प्रक्षेपण  गरिने छ ।

आज बिहान १०:१७ बजे (भारतीय समय) अर्थात् नेपाली समयअनुसार बिहान १०:३२ बजे प्रक्षेपण हुनेछ भन्ने जानकारी गराउनु भयाे । ढकालले यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिने समेत जानकारी दिनु भयाे  ।

मा प्रकाशित