
२६ माघ, काठमाण्डौ । नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युतको सेवा तथा पहूँच पुगेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/0८२ ले त्यसतो तथ्यांक देखाएको हो ।
जस अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा करिब शतप्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ ।
गण्डकीमा ९९.५ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर स्रोत उपलब्ध रहेको देखिएको छ ।
सबैभन्दा कम भने कर्णाली प्रदेशमा छ । जहाँ ८०.८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् सेवाको स्रोतमा निरन्तर पहुँच पुगेको सर्वेक्षणले देखाएको छ ।
सहर र ग्रामीण भेगको तुलना गर्दा सहरमा ९८.२ प्रतिशत घरमा निरन्तर विद्युत् सेवा पुगेको देखिन्छ । ग्रामीण भेगमा यो दर ९३.७ प्रतिशत रहेको छ ।
काठमाडौं उत्पकाकामा करिब शतप्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्यांकले देखाएको छ ।
कर्णालीको भने ग्रामीण भेगमा ७४.८ प्रतिशत घरपरिवारमा मात्र सेवा पुगेको छ ।
सुदूरपश्चिमको ७८.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्यांकले देखाएको छ ।
मा प्रकाशित