पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनमा ल्याउने तयारी

आर्थिक परिवेश

१० फागुन, काठमाण्डौ ।

नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आइतवार काठमाण्डौमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरुले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति शीघ्र कार्यान्वयनमा गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलमा इथानोल मिसाउनु स्वच्छ ऊर्जातर्फको महत्वपूर्ण कदम भएको बताउँदै १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालले वार्षिक करिब छ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने दाबी गर्नुभयो ।

इथानोललाई प्रतिस्पर्धी बनाउन पेट्रोलभन्दा इथानोलको मूल्य कम हुनुपर्ने र त्यसका लागि कार्यविधि चाँडै आउने पनि मन्त्री सिन्हाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पेट्रोलमा इथानोल मिश्रणका लागि विगतमा धेरैवटा आयोग र सुझाव समितिहरुको सिफारिसमा इथानोल मिश्रणसम्बन्धी आदेश सरकारबाट जारी भएको बताउनु भयो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले लामो समयदेखि तयारी गरिएको कार्यक्रम अब कार्यान्वयनको चरणमा पुगेको बताउँदै निर्णय कार्यान्वयनबाट पछि नहट्ने स्पष्ट पार्नुभयो ।

मा प्रकाशित