
१० फागुन, काठमाण्डौ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात करिव ६० प्रतिशतले बढेको छ ।
कार्यालयका अनुसार त्यस अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची निर्यात भएको छ ।
चालुआवको दश महिनाको अवधिमा ४ हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।
अघिल्लो आव २०८१÷८२ को सोही अवधिमा ५अर्ब ३८ करोड ८० लाख बराबरको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात भने २६ दशमलव ७० प्रतिशतले घटेको छ ।
त्यस अवधिमा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार मूल्य बराबरको चिया निर्यात भएको छ ।
मा प्रकाशित