जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा मृत्यु भई सनाखत हुनेहरूमा एक जना विदेशी नागरिकसहित ९ जना रहेका छन् ।
मृत्यु हुनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान , कास्कीको पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओम कुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन् ।
त्यसै गरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौँको बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँको भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठको रहेको प्रहरीले जनाएको छ ।
घाईतेमध्य एक पुरुषको भने काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएका थियो ।
अन्य १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिलाको हाल सम्म सनाखत हुन सकेको छैन रहेका छन्।
प्रहरीका अनुसार बसमा चालक सहित २९ जना पुरुष र १५ जना महिला गरी जम्मा ४४ जना यात्रु सवार थिए ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस आज राती १ बजेको समयमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो ।
