शेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अंककाे बृद्धि

आर्थिक परिवेश

१७ फागुन, काठमाण्डौ ।   नेपाली शेयर बजारको परिसूचक नेप्से आइतबार दोहोरो अंकले बढेको छ ।

आइतबारको कारोबारमा अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । आइतबार कारोबार सुरु हुँदा २६ अंकसम्म घटेको नेप्सेमा मध्य समय पछि सुधार आएको थियो ।

आइतबार कारोबार सुरु हुँदा २६५४.९३ अंक रहेको नेप्से १९.२७ अंकले बढेर २६७४.२० बिन्दुमा पुगेको छ । आइतबार नेप्सेमा कारोबार भएका सबै समूहगतका परिसूचक बढेका छन् ।

यस दिन नेप्सेमा ३ सय ४१ कम्पनीहरुका १ करोड ३१ लाख ९३ हजार कित्ता सेयरहरु ५ अर्ब ६४ करोड रुपैयामा किनबेच भएका छन् ।

आइतबार नेप्सेमा कारोबार भएका मध्ये १ सय ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्य घटेको छ ।

यस दिन बजारमा २ कम्पनीहरुको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।  यो साता बजारमा दुइ दिन मात्र कारोवार हुने भएको छ ।

सोमबार होलीका कारण सार्वजनिक बिदा छ । यो साताको मंगलबार थप एकदिन मात्र सेयर बजारमा कारोबार हुने भएको छ ।

यो साताको ३ दिन सरकारले निर्वाचनका लागि विदा दिएकोले बजारको कारेवार बन्द हुनेछ ।

मा प्रकाशित