
१८ फागुन, काठमाडौं । अमेरिका, इजरायल र इरानको लडाइँपछि संसारभर तेलको कच्चा मूल्य वृद्धि भएको छ ।
एशियामा सोमबार बिहान बजार खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि सूचिकृत भएको छ ।
यद्यपि उक्त मूल्यवृद्धिमा पछि केही कमी आएको बीबीसीको हिन्दी अनलाइन संस्करणले जनाएको छ ।
ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल तेलका दुई प्रमुख प्रकारका कच्चा (क्रुड) तेल हुन् । यी दुवैको अन्तर्राष्ट्रिय तेल बजारमा व्यापक रूपमा व्यापार हुन्छ ।
तेलको मूल्य निर्धारणका लागि यिनीहरूले मानक विन्दुका रूपमा काम गर्छन् ।
अमेरिका र इजरायलको हमलामा इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको मृत्यु भएको छ । यसका साथै इरानी सेनाका चिफ अफ स्टाफ अब्दुल रहीम मौसवी र रक्षामन्त्री मेजर जनरल अजीज नासिरजादेह लगायत पनि मारिएका छन् ।
मा प्रकाशित