
१९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको चुनाव अघि सेयर बजारले २७ सय अंक नाघेको छ । मंगलबार बजार परिसूचक नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ । अब बजार चुनावपछि सोमबारदेखि मात्रै खुल्नेछ ।
चुनाव हुनुभन्दा करिब १० दिन अघिदेखि नै बजारमा उत्साह देखिएको छ । फागुन १० यता सेयर बजार ९८ अंक बढेको छ । सो दिन नेप्से परिसूचक २६१४ अंकमा थियो ।
कारोबार रकम पनि आज बढेको छ । अघिल्लो दिन ५ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ६ अर्ब २३ करोडको भयो ।
साल्पा विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्य माइ हाइड्रोपावरको ९.८९, रिलायन्स स्पिनिङ मिल्सको ९.८२, मोलुङ हाइड्रोपावरको ६.१८, लक्ष्मी लघुवित्तको ६.०९ प्रतिशत मूल्य बढ्यो ।
मा प्रकाशित