
२५ फागुन, काठमाण्डौ । सोमवार नेपाली शेयर बजारका लगानीकर्ताहरु उत्साहित हुँदा बजारको परिसूचकमा उच्च वृद्धि भएको छ ।
प्रतिनिधिसभा निर्वाचनको परिणाम पछि शेयर बजारका लागानीकर्ताहरु उत्सहित हुँदा बजारको कारोवारमा उच्च वृद्धि भएको र लगानीकर्ताहरु पनि लगानीका लागि उत्साहित भएको देखिएको छ ।
निर्वाचनको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको देखिएको छ । मत परिणामका आधारमा अबका ५ वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षा शेयर बजारमा लागानीकर्ताहरु मार्फत प्रतिबिम्बित भएको देखिएको छ ।
सोमवार बजारका लागनीकर्ताहरु उत्साहित भएर लगानी गर्दा बजार उच्च अंकले बढेको हो । सोमबार शेयर बजारमा तीन पटमसम्म सर्किट ब्रेक लागेर कारोबार अवधि भन्दा अगाडि नै शेयर कारोवार स्थिगित भएको छ ।
प्रि ओपनमा नै साढे १ प्रतिशतभन्दा बढीले बढेको नेप्से, नियमित बजार खुल्ने वित्तीकै तिव्र गतिमा बढेर ११ बजेर १ मिनेटमा नै ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो ।
२० मिनेट पछि खुलेको बजारमा नेप्से बढ्ने क्रमले निरन्तरता पाउँदा ११ बजेर २१ मिनेट १३ सेकन्डमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित भयो ।
दोस्रो सर्किटपछि १२ बजेर १ मिनेट १३ सेकेन्डमा खुलेको बजारमा नेप्सेले पुनः तिव्रं गतिमा बढ्ने क्रमलाई निरन्तरता दिएपछि १२ बजेर १ मिनेट ३७ सेकेन्डमा तेस्रो सर्किट लागेर सोमवारका लागि शेयर कारोबार बन्द भएको छ । सोमवार नेप्से परिसूचक १६२.९३ अंक बढेर २८७५.४४ विन्दुमा पुगेको छ ।
यस दिन २६१ कम्पनीहरुका ४ हजार ५१ पटकको कारोबारमा ११ करोड ४३ लाख ७६७ कित्ता शेयरहरु ५५ करोड ५९ लाख ६४ हजार रुपैयामा किनबेच भएका छन् ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ घने ८ कम्पनीहरुको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
भने १२ स्टकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य मात्र १.४९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नारायणी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ३ करोड १३ लाख ६७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको २ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको २ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
यस दिन बजारमा १३ वटै उपसमूहका परिसूचकहरु बढेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.७३ प्रतिशतले बढेको छ ।
त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढीले बढेको छ भने बैंकिङ्ग र जलविद्युत उपसमूहको परिसूचक करिब ७ प्रतिशतले बढेको छ ।
त्यसतै विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहका परिसूचकहरु ५ प्रतिशत भन्दा बढीले बढेका छन् । निर्वाचनको विदा हुनु १० दिन अघिदेखि बजारमा नेप्से परिसूचक बढ्ने क्रम शुरु भैसकेको थियो ।
यस अघि फागुन १२ गते २६३८.६० रहेको शेयर बजारको परिसूचक नेप्से क्रमशः बढेर १८ फागुनमा २७१२.४९को विन्दूमा पुगेको थियो । फागुन १९ गते मंगलवार पनि शेयर बजारमा उच्च अंकको वृद्धि भएको थियो ।
त्यस दिन बजारमा ६ अर्ब २३ करोडको कारोवार भएको थियो । निर्वाचन पछि सोमवार खुलेको बजारमा उच्च अंकको वृद्धि पछि ३ पटक सम्म सर्किट बे्रक लागे पनि ५५ करोड ५९ लाखको कारोवार भएर बजारको कारोवार बन्द भएको हो ।
नेपालमा एकल बहुमतको सरकार बन्ने निर्वाचनको परिणाम आए पछि शेयर बजारमा लगानीकर्ताको विश्वास बढेको निर्वाचन पछिको पहिलो दिनको कारोवारले देखाएको छ ।
लगानीको वातावरण राम्रो हुने तथा मुलुकले राजनीतिक स्थायित्व पाउने अपेक्षाका बीच बजारमा लगानी बढेको लगानीकर्ताहरुले बताएका छन ।
नेपाल एइन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले स्थिर सरकार बन्ने आशामा बजार बढेको बताउनु भयो ।
मा प्रकाशित