
०८ चैत्र, काठमाण्डौं । आइतबार नेपाली शेयर बजारको परिसूचकमा उच्च अंकको वृद्धि भएको छ ।
यस दिन बजारको परिसूचक नेप्से ५४.५१ अंकले बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा पुगेको छ ।
यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढ्दा कारोबार रकम पनि बढेको थियो ।

अघिल्लो दिन बिहिवार २१ अर्ब २२ करोडको कारोबार भएकोमा बजारमा आइतवार २३ अर्ब ५९ करोडको कारोवार भएको छ ।
यो कारोबार रकम पनि गत साउन ११ गते यताकै उच्च रकम हो ।
यस दिन १८३ कम्पनीहरुको मूल्य बढ्दा ७३ को घट्यो भने ८ कम्पनीहरुको स्थिर रह्यो । यस दिन व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् ।
मा प्रकाशित