८ महिनामा वीरगंजबाट हुने निर्यात १८ प्रतिशतले बढ्याे

आर्थिक परिवेश

०९ चैत,काठमाण्डौ । बीरगंज नाका हुदै चालु आर्थिक बर्षको ८ महिनाको अवधीमा भारत तथा तेश्रो मुलुकतर्फ ६६ अर्ब ४८ करोड ६३ लाख मूल्य बराबरका नेपाली उत्पादनहरु निर्यात भएका छन् ।

गत आर्थिक बर्षको ८ महिनाको अवधीको तुलनामा यस आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा तयसतो निर्यात १८ प्रतिशतले बृद्घि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीेले जानकारी दिनुभयो ।

वीरगंज हुँदैभारत,डेनमार्क,अष्ट्रेलिया,अमेरिका,चीन,रुस,फिलिपिन्स,थाईल्याण्ड लगायतका मुलुकहरुमा तेल,जुस,कपडाका जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटि निर्यात भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीेले जानकारी दिनुभयो ।

वीरगन्ज भन्सार नाकाहुदै चालु आर्थिक बर्षमा सबैभन्दा धेरै ३५ अर्ब ५८ करोड मुल्य बराबरको भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ ।

त्यसैगरी वीरगंज नाकाबाट सो अवधिमा ४ अर्ब ९७ करोड ४३ लाख मुल्य बराबरको फलफुलको जुस तथा जाम भारत निर्यात भएको छ ।

८ महिनाको अवधीमा ४ अर्ब ५८ करोड १६ लाख मुल्य बराबरको सुर्यमुखि प्रशोधित तेल निर्यात भएको छ भने ३ अर्ब ७७ करोड २२ लाख मुल्य बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।

८ महिनामा २ अर्ब ३३ करोड १८ लाख मुल्य बराबरका बिभिन्न कपडाहरु भारत तथा तेस्रो मुलुक निर्यात भएका छन् ।

सो अबधिमा १ अर्ब २२ करोड मुल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरु निर्यात भएको वीरगंज भन्सार कार्यालयले जना

मा प्रकाशित