मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान

आर्थिक परिवेश

 ११ चैत काठमाडौँ ।     राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गर्नु भएकाे छ।

निर्वाचन आयोग नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उहाँले  संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सो कामका सबैले ध्यान दिने बेला आएको स्पष्ट पार्नु भयाे ।

उहाँले निर्वाचनमा प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको पनि बताउनु भयाे ।

राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व जनप्रतिनिधिहरुको काँधमा आएको पनि उल्लेख गर्नु भयाे । उहाँले राष्ट्र निर्माणको साझा लक्ष्यमा सबैको एउटै मत हुने विश्वास समेत व्यक्त गर्नु भयाे ।

राष्ट्रपति पौडेलले ,‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिहरूको काँधमा आएको बताउनु भयाे ।

लोकतन्त्रमा मत फरक हुन सक्छन्। तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु।

संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न म यस अवसरमा सबैमा हार्दिक आह्वान पनि गर्दछु।’

त्यस अवसरमा राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरू, सुरक्षा निकायलगायतका सम्वद्ध सबै पक्षलाई आभार समेत व्यक्त गर्नु भयाे ।

 

मा प्रकाशित