२४.४५ अंकले घटेकाे बजारमा १५ अर्ब ९ करोडको किनबेच

आर्थिक परिवेश

११ चैत, काठमाडौं ।  अघिल्ला पाँच कारोबार दिनसम्म लगातार बढेको नेपाली शेयर बजार बुधबार भने घटेको छ ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा बुधवार  २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । म‌गलवारका दिन नेप्से २३.८३ अंक बढेको थियो ।

यस दिन बजार घट्दा पनि कारोबार रकम भने बढेको छ । म‌गलवार  १४ अर्ब ८३ करोडको कारोबार भएको बजारमा बुधवार  १५ अर्ब ९ करोडको शेयरकाे किनबेच  भयो । ४५ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ७ को स्थिर रह्यो ।

यस दिन व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशतले बढ्यो । अघिल्लो दिन पनि यहीं समूह सबैभन्दा धेरै ९.९ प्रतिशत बढेको थियो ।

यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत रहेकोमा तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ३.७७ प्रतिशत बढेसँगै व्यापार समूह आज पनि सबैभन्दा धेरै बढेको हो ।

यस दिन विभिन्न ५ कम्पनीहरुको मूल्य १० प्रतिशतले  बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

त्यस्तै पन्चकन्या माइ हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो ।  अभियान लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशत घट्यो ।

सालपा विकास बैंकको ६.९९, कर्पोरेट डेभलपमेन्टको ६.७१, सिन्धु विकास बैंकको ६.०९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानल छन् ।

मा प्रकाशित