
१६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नु भएकाे छ।
राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे संघीय संसद् भवन सिंहदारबारमा अधिवेशन आह्वान गर्नु भएकाे हाे ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान भएको राष्ट्रपतिको कार्याल्यका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनु दिनु भयाे ।
यसअघि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नु भएकाे हाे ।
