परिसूचक ७४‍‌‌‍‍‍‍.७३ अङ्कले घटेर २७७६.३६ को बिन्दुमा

आर्थिक परिवेश
१८ चैत,काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ ।
यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो ।  आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर १   लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा  १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ बराबरको कारोबार भएको छ । बुधवारकाे  कारोबारमा सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ दुई दशमलव ३१, विकास बैंक तीन दशमलव १८, वित्त तीन दशमलव शून्य तीन, होटल तथा पर्यटन दुई दशमलव १२, जलविद्युत् दुई दशमलव ८१, लगानी दुई दशमलव ६७ र जीवन बिमा दुई दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३९, लघुवित्त एक दशमलव ९९, म्युचुअल फण्ड शून्य दशमलव ९७, निर्जीवन बिमा दुई दशमलव २२, व्यापार तीन दशमलव ९६ र अन्य समूह पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइस्योरेन्स लिमिटेडको रू ७१ करोड ३१ लाख २६ हजार ६४४ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेडको १८ लाख ८२ हजार २०९ बराबरको कारोबार भएको छ ।
मा प्रकाशित