अमेरिका इरान बीचकाे इस्लामावाद  बार्ता निष्कर्ष विहिन

आर्थिक परिवेश

२९ चैत, इस्लामावाद ।   विशवभर निकै चासाेका साथ हेरिएकाे  अमेरिका इरान बीचकाे इस्लामावादमा  बार्ता विना निष्कर्ष सकिएकाे छ  ।

इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल कुनै पनि सम्झौता नगरी स्वदेश फर्किएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली वार्ता असफल भएपछि फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

टोली अब्बास नगरस्थित होटल सेरेनामै पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै वार्तामा सहमति नजुटेको पुष्टि गरेको हो।

उप राष्ट्रपति भान्सले इरान अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार नभएको बताउनुभएकाे छ।

उहाँले आफूहरूले स्पष्ट सर्त राखेको र केही विषयमा लचकता देखाए पनि इरानी पक्षले ती स्वीकार नगरेको दाबी गर्रनुभयाे ।

तर कुन–कुन सर्त अस्वीकार भए भन्ने उहाँले खुलाउनुभएन।

‘हामीले आफ्ना रेड लाइन स्पष्ट रूपमा राख्यौं, केमा लचिलो हुन सक्छौं भन्ने पनि भन्यौं, तर उनीहरूले स्वीकार गरेनन्,’ उहाँले भन्रनुभयाे।

वार्तालाई पूर्ण रूपमा असफल भने नगरे पनि उहााले यसलाई अन्तिम र सबैभन्दा राम्रो प्रस्तावका रूपमा प्रस्तुत गर्दै अब निर्णय इरानको हातमा रहेको बताउनुभयाे।

वार्तामा अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर सहभागी हुनुहुन्थ्याे।

इरानी पक्षबाट सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागची सहभागी हुनुहुन्थ्याे।

यसपछि पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इसाक दारले पत्रकार सम्मेलन गरी दुई देशबिच सम्झौताका लागि आफ्नो देशले प्रयास जारी राख्ने बताउनु भएकाे छ ।

बीबीसी उर्दु सेवाका अनुसार, ‘पत्रकार सम्मेलनमा इसाक दारले आफू र देशका फिल्ड मार्सल असिम मुनिरले दुई पक्षबिच धेरै चरणका कठिन तर अर्थपूर्ण वार्तामा मध्यस्थता गर्ने प्रयास गरेको र र वार्ता आइतबार बिहानसम्म जारी रहेको बताउनु भयाे ।’

पाकिस्तानी विदेशमन्त्री दारले आशा व्यक्त गर्दै भन्नु भएकाे  छ, ‘अमेरिका र इरानले दिगो शान्ति र समृद्धिका लागि सकारात्मक भावनासहित वार्ता जारी राख्नेछन्।’

उहाँले अगाडि भनेका छन्, ‘पाकिस्तानले पनि अमेरिका र इरानबिचको वार्तामा मध्यस्थकर्ताको भूमिका जारी राख्ने छ।’

इरानसँग २१ घण्टासम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि आफ्नो वार्ता टोलीसहित अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार बिहान पाकिस्तान छाेड्नु भएकाे छ ।

मा प्रकाशित