
०१ बैशाख, काठमाडौँ । सरकारले नेपालको परराष्ट्र नीतिमा व्यापक फेरबदल गर्दै अबदेखि ‘नेपाल प्रथमः नेपाली प्रथम’को नीति अवलम्बन गर्ने घोषणा गरेको छ ।
यस नीतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वार्थलाई विश्वमञ्चमा सबैभन्दा माथि राख्ने लक्ष्य लिएको छ ।
यसका लागि छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कुटनीति अवलम्बन गरिने दस्तावेजमा उल्लेख छ ।
नेपाल सरकारले पनि सोही पथ पछ्याउँदै कुनै पनि सैन्य गठजोडमा सहभागी नहुने र हातहतियारको दौडभन्दा टाढा रहेर आफ्नो राष्ट्रिय हित सुनिश्चित गर्ने नीति लिएको छ ।
सबै देशसँग समान दूरी र समान निकटता कायम गर्दै असंलग्नताको सिद्धान्तलाई नयाँ उचाइमा पुर्याउने सरकारको दाबी छ ।
यस अनुसार विदेशस्थित नेपाली दूतावास र नियोगहरूले अब परम्परागत काम मात्र गरेर पुग्ने छैन । उनीहरूको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक परफरमेन्स अडिट प्रणाली सुरु गरिनेछ ।
यस्तै, जलवायु परिवर्तन, हिमालको संरक्षण र पर्वतीय मुद्दाहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो आवाज सशक्त रूपमा उठाउने र सगरमाथा सम्वाद जस्ता कार्यक्रमलाई निरन्तरता दिने सरकारको तयारी छ।
मा प्रकाशित