धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति गठन मन्त्रीपरिषदका निर्णयहरू

आर्थिक परिवेश

   ०९ बैशाख,काठमाडौँ  ।  मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन  गरेको छ।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल रहनु हुनेछ ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिम्खडा र रोशन बहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिनुभयो ।

बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

मा प्रकाशित