
०९ बैशाख काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ ।
गृहमन्त्री गुरुङले पछिल्ला दिनहरूमा शेयर खरिद लगायतका विषयमा प्रश्नहरू उठेपछि सम्बन्धित विषयमा निष्पक्ष छानविन होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताउनुभएको छ ।
गृहमन्त्री गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराउँदै पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर नैतिक जिम्मेवारी निर्वाह गर्दै आजकै दिनदेखि लागू हुनेगरी राजीनामा गरेको उल्लेख गर्नुभएको छ ।
