
११ बैशाख,काठमाण्डाै । नेपाल सरकारले नेपाल बिमा प्राधिकरण र नेपाल धिताेपत्र बाेर्डकाे रिक्त अध्यक्ष पदमा नयाँ नियुक्तिको प्रक्रिया थालेको छ।
नेपाल सरकारले नेपाल बिमा प्राधिकरणकाे अध्यक्षकाे नियुक्तीकाे लागि अावश्यक प्रकृया शुरू गरेकाे छ ।
सरकारले बर्खास्त गरेका पूर्व अध्यक्ष शरद ओझा आफ्नो पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। तर, सर्वोच्चले उनलाई सो पदका लागि अयोग्य ठहर गरेपछि रिक्त रहेको पदपूर्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको हो।
त्यसै गरी नेपाल धिताेपत्र बाेर्डका अध्यक्षा सन्ताेष नारायण श्रेष्ठले हाले पदबाट राजिनामा दिएसंग साे पद पनि खाली रहेकाे छ ।
गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा बिमा प्राधिकरणका पूर्व अध्यक्ष डा. फत्तेबहादुर केसी रहेका छन् ।
ओझाको बर्खास्ती र अदालतको फैसलापछि अब यो समितिले नयाँ अध्यक्षका लागि योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ ।
त्यसै गरी यस अघिकाे बैठकमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियाे ।
त्यसैगरी सरकारले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्षा नियुक्तिका लागि समेत हालै एक सिमित गठन गरेकाे थियाे ।
साे समिति पनि डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय रहेकाे छ । ती समितिहरूले अाफनाे कार्यविधि तयार पारी काम अघि बढाउने तयारी गरेका छन् ।
ती दुवै पदकाे अवधी बाँकि कार्यकालका लागि करिव साढे २ बर्षकाे हुनेछ ।