
२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नु भएकाे छ।
मंगलबार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले पुनर्विचारका लागि सरकारलाइ पठाउनु भएकाे थियाे ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो। सरकाले केही परिमार्जन सहित अध्यादेश पठाए पछि राष्ट्रपति पाैडेलले पुन स्वीकृत भएकाे हाे ।
यसअघि राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरिसक्नु भएकाे छ । यस अघि सरकारले पठाएका ७ अध्यादेश मध्ये संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्रै रोकिएको थियो।
अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।
मा प्रकाशित