
२३ बैशाख, काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन हुनुभएको छ । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासङ्घको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन हुनुभएको हो ।
महासङ्घको ६०औँ वार्षिक साधारणसभा पछि सुरु निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको छ । निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
त्यसैगरी वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी हुनुभएको छ ।

नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिने अपेक्षा गरिएको छ ।
वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक नै अन्तिम रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने जनाइएको छ ।
त्यसैगरी कार्यकारिणी समिति सदस्य (खुल्ला)तर्फ जिल्ला नगर उद्योग वाणिज्य समूहबाट १५ जना निर्वाचित भएका छन् ।
जिल्ला नगर उद्योग वाणिज्य समूह कार्यकारिणी समिति सदस्यमा प्रत्येक प्रदेशबाट २ जनाका दरले १४ जना निर्वाचित भएका छन् । त्यसैगरी एसोसिएटतर्फ कास सदस्यमा १७ जना निर्वाचित भएका छन ।
जिल्ला नगर उद्योग वाणिज्य समूहबाट १५ जना निर्वाचित भएका छन्। यसरी निर्वाचित हुनेमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल रहनु भएकाे छ ।
त्यसै गरी प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल छन्। यही समूहबाट कार्यकारिणी समिति सदस्य महिलातर्फ गिता अमात्य र हिरा भट्टराई विजयी भएका छन्।
त्यसैगरी जिल्ला नगर उद्योग वाणिज्य समूह कार्यकारिणी समिति सदस्यमा प्रत्येक प्रदेशबाट २ जनाका दरले १४ जना विजयी भएका छन्। जसमा कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ शाह र विकास कुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीबाट पविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी विजयी भएका छन्।
महासङ्घको निर्वाचनमा ७३ पदका लागि निर्वाचन भएकाे थियाे । जसमा एक सय ३७ उम्मेदवार रहेका थिए । महासङ्घकाे विधान अनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नु भएकाे हाे । चार उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन भएकाे थियाे ।
साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।
मा प्रकाशित