
२४ बैशाख, काठमाण्डाै। नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष चयनका लागि सरकारद्धारा गठित सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहनुभएका भट्टले ’स्वार्थको द्वन्द्व’ हुन सक्ने भन्दै नैतिकताका आधारमा समितिबाट राजीनामा दिनु भएको हो ।
नेपाल धितापत्र बोर्डको अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि आवेदन दिनु भएको छ ।
संयोजक डा.गुणाकर भट्टका आफ्नै दाजु गोपाल भट्ट उम्मेदवार भएपछि छनोट प्रक्रियाको निष्पक्षतामा प्रश्न उठ्न सक्ने ठानेर सिफारिस समितिबाट अलग हुने निर्णय गरेको डा भट्टले जानकारी दिनु भयो ।
सरकारले डा. भट्टको नेतृत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहाल सम्मिलित तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
मा प्रकाशित