नेपाल र श्रीलंका बीच क्रस बोर्डर भुक्तानीको शुरुवात

आर्थिक परिवेश

२९ बैशाख, काठमाण्डौ ।    नेपाल र श्रीलंका बीच क्रस बोर्डर क्यूआर भुक्तानीको प्रणालीकाे शुरुवात भएको छ ।

अन्तर्देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच क्रस–बोर्डर क्यूआर भुक्तानीको शरुवात भएको हो ।

उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरुले कनेक्टआईपीएस वा अन्य मोबाइल बैंकिङ्ग एपमार्फत श्रीलंकामा रहेका ४ लाख बढी लंका क्यूआर मर्चेन्टहरुमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।

श्रीलंकाको कोलम्बोमा आयोजित एक विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, लंका पे तथा दुवै देशहरुका सहभागी बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिहरुको उपस्थितिमा औपचरिक रुपमा क्रस–बोर्डर भुक्तानीको शुरुवात भएको संयूक्त रुपमा घोषणा गरिएको हो ।

मा प्रकाशित