यती एयरलाइन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने

आर्थिक परिवेश

२९ बैशाख, काठमाण्डौ ।    नीजि क्षेत्रको लगानी रहेको यती एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

धितोपत्र निष्कासनसम्बन्धी उक्त सम्झौतापत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नु भएको छ ।

आन्तरिक हवाई सेवा प्रदान गर्दै आइरहेको यती एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरूमध्ये एक हो ।

मा प्रकाशित