नेपाली चिया भारत निर्यातमा समस्या

आर्थिक परिवेश

२९ बैशाख, काठमाण्डौ ।    नेपाली चिया भारत निकासीमा भारतले कडाइ गरेपछि नेपाली चिया भारत निर्यातमा समस्या भएको छ ।

गत मे १ देखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षणमा कडाइ गरेपछि निकासी कार्य ठप्प भएको छ ।

नेपाली चिया निकासी गर्दा भारतले प्रत्येक गाडीमा रहेको चियाको नमुना परीक्षणका लागि कोलकाता पुरयाउनु पर्ने नयाँ व्ययवस्था लागू गरेपछि नेपाली चिया भारत निर्यातमा अवरोध उत्पन्न भएको हो ।

भारतको कोलकत्ताबाट चियाको नमूना परीक्षण गरी प्रतिवेदन ल्याउन करिब १५ दिन लाग्ने झापाको मेची भन्सार कार्यालयले जनाएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले भारतको पानीट्याङ्कीस्थित भन्सारले नजिकमा प्रयोगशाला नभएको र नयाँ नियम लागू भएसँगै नेपालबाट चिया निकासी रोकिएको बताउनु भयो ।

चिया उद्योगीहरूको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले केही दिन अघि प्रधानमन्त्रीलाई भेटेर ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

भारत सरकारले नेपालबाट निकासी हुने चियामा स्वेच्छाचारी ढङ्गले कडाइ गरेकाले सरकारको कूटनीतिक पहलबाट मात्रै यो समस्या समाधान गर्न ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा एउटा गाडीको एक पटकको परीक्षणका लागि नेपाली २५ हजार रुपियाँ लाग्ने र परीक्षणको प्रतिवेदन आउन १५ दिनसम्म लाग्ने भएकोले चिया बोकेको गाडी भारतीय सीमाभित्रै पानीट्याङ्कीमा राख्नुपर्ने बाध्यता रहेको चिया व्यवसायीहरुले बताउनु भएको छ ।

मा प्रकाशित