
११ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नु हुने भएकाे छ ।
प्रधानमन्त्री शाहले मगलवार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकता बारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो ।
मा प्रकाशित