म्यारियट इन्टरनेशनलले सीजी हस्पिटालिटीस‌ग दुई नयाँ होटल सञ्चालन सम्झौता

आर्थिक परिवेश

२४ जेठ, काठमाण्डौ ।   म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटलहरु द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

यससँगै म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौंमा प्रवेश गर्नेछन ।

द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं उच्चस्तरीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी होटलहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष राखिएको छ ।

मा प्रकाशित