३१ जेठ, काठमाण्डौ । वाणिज्य बैंकहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन ।
उपलब्ध तथ्याङ्क अनुसार, जेठको तुलनामा असार महिनामा निक्षेपको औषत ब्याजदर सामान्य अंकले घटेको छ ।
व्यक्तिगत निक्षेपतर्फको औषत अधिकतम ब्याजदर जेठको ४.३४३ प्रतिशत विन्दुबाट घटेर असारमा ४.२६५५ प्रतिशत विन्दु कायम भएको छ ।
त्यस्तै, संस्थागत निक्षेपको औषत दर पनि जेठको ३.२०४ प्रतिशत विन्दुबाट केही घटेर ३.१८ प्रतिशत विन्दुमा झरेको छ ।
समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगततर्फको ब्याजदरमा सबैभन्दा बढी ०.५ प्रतिशतविन्दुले कटौती गरेका छन ।
त्यसै गरी हिमालयन बैंकले ०.२५ प्रतिशतविन्दु, प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशतविन्दु र एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड तथा कुमारी बैंकले ०.०५ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन ।
राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, प्रभु बैंक र सानिमा बैंक लगायत १४ वटा बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
मा प्रकाशित