
०३, असार, काठमाडौँ । भारतीय टि बोर्डले नेपालबाट भारत जाने चियामा अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेर झण्झटिलो माध्यम अपनाउँदै नेपाली चियालाई रोक्ने नीति लिएसँगै इलामका उद्योग गत असार १ गतेदेखि बन्द भएका छन् ।
उद्योग बन्द भएसँगै इलामका ५३ उद्योगले किसानका हरियो चिया लिएका छैनन् । आज उद्योगीहरूले सूर्योदय नगरपालिकाको फिक्कल बजारमा र्याली निकालेर सरकारको ध्यानाकर्षण गराएका छन् ।
किसानको समस्या समाधान गर किसानको भविष्य सुरक्षित गर उद्योगीलाई राहत देऊ चियाको बजार सुनिश्चित गरिदेऊ लगायतका प्लेकार्ड बोकेर मौन र्याली निकालिएको थियो ।
यस्तै सूर्योदय नगरपालिकाका कार्यबहाक नगरप्रमुख दुर्गा कुमार बरालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
आफूहरू कुनै विकल्प नभए पछि उद्योग बन्द गर्न बाध्य भएको र यसलाई राज्यका सबै निकायले मनन गरेर उद्योगीको समस्या समाधान गर्न अग्रसर हुनु पर्ने सूर्योदय अर्थोडक्स टि एसोसिएसनका महासचिव गोपाल कट्टेलले बताउनुभयो ।
केन्द्र सरकारले भारत सरकार भारतीय टि बोर्ड लगायत सँग वार्ता गरेर अहिलेको समस्या समाधान गर्नुपर्ने र त्यसपछि तेस्रो मुलुक सम्मको ढोका खोल्न लाग्नुपर्ने बताउनुभयो ।
उद्योगहरूले सूचना नै निकालेर किसानको हरियो पति नलिने निर्णय गरेसँगै किसान मारमा परेका छन् । बगानको हुर्किँदै गरेको चिया नबिक्ने र टिपेर कारखाना पठाएको चियाको समेत भुक्तानी पाउने नपाउने टुङ्गो नभएपछि किसान दोहोरो मारमा परेका छन् ।
मा प्रकाशित