
०६ असार, मुस्ताड.। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ७ लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् ।
मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीका अनुसार चालु आवको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् ।
यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारीसाधनमार्फत भित्रने पर्यटकको अभिलख राख्ने गरेको छ ।

एघार महिनामा १ लाख ५१ हजार १६० सवारीसाधनमार्फत ४ लाख ६० हजार ९२४ स्वदेशी र दुई लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
सबैभन्दा बढी गत जेठमा २७ हजार ४८८ सवारीसाधनमार्फत ९० हजार ९३९ विदेशी र ४० हजार ८३८ स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।
पर्यटकको चापका कारण बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभराउ हुने गरेका छन् । बर्खायामको सुरुआती समयको अनुकूल वैशाख–जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको छ ।
मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये करिब ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालले बताउनुभयो ।
गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
मा प्रकाशित