
१५ असार काठमाडाैँ । आज असार १५ गते राष्ट्रिय धान दिवस । यस दिन रोपाइँ महोत्सव पनि गरिन्छ ।
सरकारले यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको छ ।
तर, ‘धानमा आत्मनिर्भरता र समृद्धि’ को नारा लगाउँदै गर्दा किसानले छर्ने बिउ भने बर्सेनि १ अर्ब रुपैयाँ बढीको विदेशबाट भित्रिने गरेको छ । हामीले हामीलाइ चाहिने बिउमा पनि विदेशीकाे मुख ताकेर हामी कहिले धानमा अात्मनिर्भर हुन सकाैला किसानहरले गुनासाे गरेका छन् ।
नेपालमा धानको बिउ उत्पादन पर्याप्त हुने र आन्तरिक उत्पादनले नै पुग्ने सरकारको दाबीबीच उन्नत र विशेषगरी हाइब्रिड (वर्णशंकर) जातको बिउमा किसानको आकर्षण बढी हुँदा देश पूर्णरूपमा परनिर्भर रहेको देखिन्छ ।

सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ ।

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।





मा प्रकाशित