शेयर बजार बिहिवार पनि सुधार सूचक २६६१ अंकमा

आर्थिक परिवेश

१८ असार,काठमाण्डौ ।   अघिल्लो दिन बुधवार ४४ अंकले बढेको नेपाली सेयर बजारको परिसचक नेप्से बिहीबार थप ८.७८ अंकले बढेको छ ।

बिहिवार बैंकिङ समूहको उच्च वृद्धिले समग्र सेयर बजार बढाएको हो । यो वृद्धिसँगै नेप्से परिसूचक २६६१ अंकमा कायम भएको छ ।

सात कारोबार दिनसम्म लगातार घटेको नेपाली शेयरबजारले हिजो बुधबारदेखि वृद्धिको लय समातेको छ ।

बजार बिहिवार दिनभर रातो भए पनि अन्तिम ४५ मिनेट उकालो लागेपछि अन्ततः हरियो भएर बन्द भयो ।

एस यस दिन बजारको कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८६ करोडको कारोबार भएकोमा बिहिवार ४ अर्ब ११ करोडको भयो ।

यद्यपि धेरैजसो कम्पनीको मूल्य भने घटेको छ । यस दिन बजारमा १०८कम्पन ीहरुको मूल्य बढ्दा १५२ कम्पनीहरुको घट्यो भने १३ को स्थिर रह्यो ।

ठूलो पूँजीका कम्पनी खासगरी वाणिज्य बैंकहरूको मूल्य बढ्दा धेरैजसो कम्पनीको मूल्य घटेपनि बजार बढेको हो ।

बैंकिङ समूहकै कारण आज बजार हरियोमा बन्द भयो । सो समूहको सूचक सबैभन्दा धेरै २.०४ प्रतिशत बढ्यो ।  त्यस्तै फाइनान्स ०.२८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे ।

विकास बैंक ०.११, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.२६, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.८६, निर्जीवन बीमा ०.३४, अन्य ०.२० तथा व्यापार ०.५० प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स, सानीगढ हाइड्रोपावर र अपर लोहोरेखोला जलविद्युत कम्पनी छन् । यीमध्ये तीन कम्पनी हालै सूचीकृत भएका हुन् ।

त्यस्तै धौलागिरि लघुवित्तको १३.६७, आत्मनिर्भर लघुवित्तको १०.०९, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५३ प्रतिशत मूल्य बढ्यो ।

भुजुङ हाइड्रोपावरको ९.४३, सामुदायिक लघुवित्तको ७.८३, सीवाईसी लघुवित्तको ७.२३ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ५.५६ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, नबिल बैंक, ग्लोबल आईएमई बैंक, आँखुखोला जलविद्युत् कम्पनी र साहस ऊर्जा छन्।

 

मा प्रकाशित