इन्धनको  मूल्य घटेसँगै सरकारले यातायातको भाडा २ प्रतिशतले घटायाे

आर्थिक परिवेश

१८ असार, काठमाण्डाै ।   इन्धनको  मूल्य घटेसँगै सरकारले पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाएको छ ।

साविकको तुलनामा २ प्रतिशत भाडादर कटौती गर्ने निर्णय भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सुचना अधिकारी ज्ञानराज लम्सालले अन्तर प्रदेशगत रुपमा सार्वजनिक यातायातको भाडा २ प्रतिशतले कटौती गरिएको बताए ।

‘लामो दूरीका सार्वजनिक यातायातमा सरकारले हालको भन्दा २ प्रतिशतले भाडादर घटाएको छ ।’ -उनले मेरोलगानीसँग बताए ।

इन्धनको मूल्यमा आएको गिरावटका कारण भाडादर घटाएको यातायात व्यवस्था विभागले जनाएको छ। यसअघि २०८३ बैशाख १२ मा इन्धनको अस्वभाविक मूल्यवृद्धि भन्दै सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको थियो ।

गत बुधबार नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ घटाएको थियो ।

मा प्रकाशित