बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र वर्गीकरण गरिने

आर्थिक परिवेश

२४ असार, काठमाडौं  ।    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र वर्गीकरण गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाको वर्गीकरण गर्न केन्द्रीय बैंकले अहिले अध्ययन गरिरहेको छ ।

केन्द्रीय बैंकले हाल रहेका पूर्वाधार बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त वित्तीय संस्था र विभिन्न पेन्सन फन्डलाई वर्गीकरण गर्न अध्ययन गरिरहेको हो ।

यी संस्थाहरुले गर्ने काममा समानता देखिएपछि केन्द्रीय बैंकले वर्गीकरण गरेर कार्यक्षत्र तोक्न अध्ययन सुरु गरेको हो ।

मंगलवार जारी आगामी आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको वर्गीकरणका सम्बन्धमा भइरहेको अध्ययन सम्पन्न गरी सो अनुरुप बैंक तथा वित्तीय संस्था र गैरबैंक वित्तीय संस्थालाई लक्षित कार्यक्षेत्रमा सेवा विस्तार प्रोत्साहन गर्ने नियामकीय व्यवस्था क्रमशः लागु गरिने उद्घोष गरेको हो ।

मा प्रकाशित