निर्माण क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री शाहले गर्नु भयाे छलफल

आर्थिक परिवेश

२५ असार, काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानीकाे  वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा बिहिवार निर्माण व्यवसायीसँग छलफल गर्नु भएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक

विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै त्यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भयाे ।

प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास–निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकामा जोड दिनु भयाे ।

छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी  रहनु भएकाे थियाे ।

छलफलमा निर्माणा व्यवसायिहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमा आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनु भएकाे थियाे  ।

 

साथै उहाँहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सरकारकाे ध्यानाकर्षण गराउनु भएकाे थियाे  ।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा लगायतकाे  सहभागीता रहेकाे  थियाे।

यस अघि बुधवार प्धानमन्त्री शाहले नेपाल उद्याेग बाणिज्य महासंघ, नेपाल उद्याेग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरूसंग छलफल गर्नु भएकाे  थियाे ।

मा प्रकाशित